१८ असार २०८३, बिहिबार । July 3, 2026

राजपुर बम काण्डमा अफताव आलमसहित चार जनालाई उच्च अदालतबाट सफाइ


१४ जेष्ठ २०८२, बुधबार  

21
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ।

बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उनीहरूलाई दोषमुक्त गरेको हो। रजिस्ट्रार दीपक भण्डारीका अनुसार, ‘वरदात पुष्टि हुन नसकेको’ कारण देखाउँदै मोहम्मद अफताव आलम, मोहम्मद महताव आलम, शेख सरोज (शेख सेरोज) र बद्री सहनीलाई सफाइ दिइएको हो।

यसअघि रौतहट जिल्ला अदालतले २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो साँझ राजपुरमा बम विस्फोट गराएको र त्यसपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा उनीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। २०६४ चैत २७ गते साँझ करिब ६ बजे बम बनाउने क्रममा विस्फोट भएको र त्यसपछिको घटनालाई लुकाउन मृतक र घाइतेलाई ट्रयाक्टरमा हालेर इँटाभट्टामा जलाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो।

यो बहुचर्चित मुद्दामा उच्च अदालतको यो फैसला सार्वजनिक भएपछि विभिन्न तहमा प्रतिक्रिया आउन थालेका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर