१ माघ २०८२, बुधबार । January 14, 2026

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा बाख्रीको मासु बेच्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शाहले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर, मासु पसलमा खसी वा बोका भनेर उपभोक्तालाई ठग्दै आएका थिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शाहको घरमा खानतलासी गर्दा बाख्रीको टाउको, २९ के.जी. काटिएको मासु र ४१ के.जी. तयारी मासु फेला पारेको थियो।

शाहमाथि कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले