३ आश्विन २०८३, शनिबार । September 19, 2026

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु


२६ बैशाख २०८२, शुक्रबार  

81
Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बुटवलतर्फ गइरहेको लु १ क २५१७ नम्बरको टिपरको टायर पञ्चर भएपछि सवारी नियन्त्रण गुम्दै करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक, रुपन्देही सियारी गाउँपालिका–२ का करिब २६ वर्षीय प्रभाकर यादवलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो।

तर, अस्पतालमा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। सडकको जोखिमपूर्ण भूगोल र गाडीको प्राविधिक समस्या दुर्घटनाको मुख्य कारण मानिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ