४ बैशाख २०८२, बिहिबार । April 18, 2025

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको तेस्रो संस्करणको ‘एडुक्लेभ ३.०’ भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली शिक्षा प्रणाली, वैदेशिक अध्ययन, शैक्षिक परामर्श व्यवसाय र नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्ने सम्भावनाबारे बहस र संवाद गर्नु थियो । कार्यक्रममा ६ वटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो सेसन “शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यता र सरकारको भूमिका“ शीर्षकमा सम्पन्न भयो, जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श क्षेत्रलाई सेवा उद्योगको रूपमा स्वीकार गर्दै यसको विस्तार र लगानी बढाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

विद्यार्थी विदेश जानु नकारात्मक होइन: प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनलाई नकारात्मक रूपमा हेर्नु उपयुक्त नहुने बताए । उनले शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा वैदेशिक पलायन बढेको उल्लेख गर्दै नेपालमै पढ्दै कमाउँदै गर्ने वातावरण विकास गर्नुपर्नेमा जोड दिए । साथै सरकारले विदेश गएका विद्यार्थी फर्काउने बिषयमा गम्भिर भएर रणनीति बनाउनुपर्ने उनको भनाई थियो ।

शिक्षालाई राजनीतिक दलीयकरणबाट टाढा राख्नुपर्छ: सांसद सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालको शिक्षाले आमजनताको अपेक्षाअनुसार विकास गर्न नसकेको बताए । शिक्षा गुणस्तरीय हुनुका साथै व्यवहारिक पनि हुनुपर्नेमा उनको जोड थियो । शिक्षा सुधार गर्न सरकारले अभिभावकत्व ग्रहण गर्दै यसलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आजको आवश्यक्ता भएको उनको भनाई थियो ।

नेपाललाई शैक्षिक हब बनाउन रणनीति आवश्यक: राजेन्द्र बराल
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले विगत १९ वर्षदेखि नेपाललाई शैक्षिक हब बनाउने विषयमा आवाज उठाउँदै आएको तर सरकारको ठोस नीति नआएकोप्रति दुःख व्यक्त गरे । उनले विदेशी विद्यार्थीलाई नेपाल ल्याउन कन्सल्टेन्सीको भूमिका महत्वपूर्ण हुन सक्ने भन्दै बसोबास, भिसा र सुरक्षाको ग्यारेन्टी राज्यले दिनुपर्नेमा जोड दिएका थिए ।


त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ (इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीलाई ‘सफ्ट पावर’ को रूपमा परिभाषित गर्दै उनीहरुको ज्ञान र सीपलाई देश विकासमा प्रयोग गर्न नीतिगत पहल आवश्यक रहेको धारण व्यक्त गरे ।

विद्यार्थी भिसा नीति निर्माणको खाँचो: सांसद स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपाललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न विद्यार्थी भिसासम्बन्धी नीति निर्माण अपरिहार्य भएको बताएका छन् । उनले शिक्षा क्षेत्रलाई लिएर सरकार अझ जवाफदेही बन्नुपर्नेमा जोड दिंदै विदेश पढ्न गएका विद्यार्थीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने तर्क समेत गरे ।

३ लाख विद्यार्थी विदेश जान्छन्: मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्षिक झन्डै ३ लाख नेपाली विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने तथ्याङ्क सार्वजनिक गरेका छन् । हाल ५ लाखभन्दा बढी विद्यार्थी विदेशमा रहेका छन् भने ६० भन्दा बढी देशमा उनीहरूको उपस्थिति रहेको उनको भनाई छ । प्रवक्ता सापकोटाले एनओसी सम्बन्धी यकिन तथ्याङ्कको अभावलाई लज्जास्पद भन्दै मन्त्रालयले यसबाट पाठ सिकेर ऐन नियममार्फत सुधारको दिशामा अघि बढिरहेको जानकारी समेत दिए ।

जेन जेड पुस्ताको करियर अन्योलमा: नबिल बैंक सीईओ ज्ञवाली
नबिल बैंकका सीईओ मनोज ज्ञवालीले हालको युवा पुस्ता (जेन जेड) करियरको विषयमा अन्योलमा रहेको बताए । उनले साथीहरूको लहैलहैमा लागेर निर्णय गर्ने प्रवृत्तिले गलत असर पारिरहेको उल्लेख गर्दै अध्ययन, करियर र वैदेशिक शिक्षासम्बन्धी निर्णयमा मार्गदर्शन आवश्यक रहेको बताए ।

देशमै गर्न चाहने युवालाई पनि राज्यको व्यवास्ताः मिलन पाण्डे
युवा नेता तथा शिक्षा अभियानकर्मी मिलन पाण्डेले उच्च शिक्षा र रोजगारीको खोजीमा देश छाड्न बाध्य युवाप्रति चिन्ता व्यक्त गरे । देशमै केही गर्न चाहने युवालाई समेत राज्यले व्यवस्थापन गर्न नसकेको उनको गुनासो थियो ।

एडुक्लेभ ३.० का वक्ताहरूले नेपालको शिक्षामा रहेको सम्भावना, चुनौती र सुधारको खाँचोलाई स्पष्ट रूपमा उजागर गरेका थिए । गुणस्तरीय, व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने दिशा तर्फ अग्रसर हुन सके नेपाललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिने सबैको धारणा थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख