११ श्रावण २०८३, सोमबार । July 27, 2026

बुटवलमा खाद्य अनुगमन: अखाद्य पदार्थ जफत र सुधारका निर्देशन


७ चैत्र २०८१, शुक्रबार  

30
Shares

बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा अनुगमन गरिएको छ।

खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका र रुपन्देहीको संयुक्त टोलीले बुटवलका किराना पसल, होटल र मिष्ठान्न भण्डारमा अनुगमन गरेको हो। ईलाका प्रशासन कार्यालय बुटवल र उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका प्रतिनिधिहरूसहितको टोलीले अनुगमनका क्रममा धेरै अखाद्य वस्तु जफत गरेको र सुधारका लागि दिशा-निर्देश दिइएको जानकारी खाद्य अधिकृत जोश्ना शर्मा अधिकारीले दिइन ।

यस क्रममा, बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृहको अनुगमन पनि गरिएको थियो। व्यवस्थापनमा सुधारका लागि सुझाव दिइएको थियो। आम्दा अस्पतालको चमेना गृहमा शराफाइमा सुधारको आवश्यकता रहेको उल्लेख गरिएको छ। राजमार्ग चौराहामा रहेका कस्तुरी मिष्ठान्न भण्डारलाई अखाद्य वस्तुहरूको व्यवस्थापन र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

अनुगमन टोलीले बुटवल-६ स्थित कृष्ण किराना पसलबाट म्याद गुज्रिएको ४ प्याकेट भुजिया र ५० प्याकेट सेमोटोमिया जफत गरेको थियो। त्यस्तै, रंग मिलाइएको ३० किलो खुला मटर र ३ प्याकेट दालमोठ पनि बरामद गरिएको थियो। थापा गेडागुडी जनरल स्टोरबाट रंग मिसाइएको १०५ थान झिनुवा रोटी जफत गरेर नष्ट गरिएको छ । न्यु कान्दु किराना तथा खाद्य पसलबाट पनि म्याद गुज्रिएका केही वस्तुहरू जफत गरिएको थियो ।

अनुगमनमा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनिधि जिवराज पन्थी, बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर