३ आश्विन २०८३, शनिबार । September 19, 2026

३१ दशमलव ४३ अंकले घट्यो नेप्से


४ पुस २०८१, बिहिबार  

33
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ ।

आज नेप्से ३१ दशमलव ४३ अंकले घटेर दुई हजार ५ सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम भने सामान्य बढेको छ ।

हिजो चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ