९ माघ २०८२, बिहिबार । January 23, 2026

नेपालमा सूचना प्रविधिको विकास र सम्भावना



सूचना प्रविधिको विकास तीव्र रुपमा बढ्दो क्रममा छ।

नेपालमा सन् १९७० को दशकमा डाटा संकलनको लागि गरिएको कम्प्युटरको थालनीसँगै नेपालको सूचना प्रविधिको यात्रा सुरु भएको थियो। आधुनिक समाजको डिजिटल युगमा सूचना प्रविधि मानिसको अनिवार्य आवश्यकता जस्तै बनेको छ। शिक्षा स्वास्थ्य व्यवसाय वित्तीय कारोबार, सञ्चार तथा अन्य धेरै कार्यमा सहजता थपेको छ।

पछिल्लो समय सूचना प्रविधि मानिसको दैनिकी जस्तै बनेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा डिजिटल प्रविधिलाई अपनाउँदै नयाँ केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नु र चुनौतीहरुलाई सम्बोधन गर्नु आजको प्रमुख आवश्यक्ता हो । नेपालका धेरै विश्वविद्यालयहरुले सूचना प्रविधि सम्बन्धी कोर्सहरु प्रदान गरिरहेका छन् ।

जसले गर्दा नेपालमा उल्लेख्य मात्रामा आइटी मेनपावर उत्पादन भइरहेको छ। आउटसोर्सिङको केन्द्र पनि बनेको छ नेपाल । धेरै युवाले नेपालमै बसी अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा प्रदान गरी मनज्ञ आम्दानी पनि गरिरहेका छन्। नेपाल सूचना प्रविधिको क्षेत्रमा उच्च सम्भावना बोकेको देश हो।

यसको लागि प्रविधि सम्बन्धी शिक्षा महत्वपूर्ण हुन्छ। वर्तमान समयमा नेपालले आइटीको क्षेत्रलाई आफूलाई दक्ष जनशक्ति उत्पादन गर्ने देश साबित गरिसकेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने अनुमान गरेको बताउनुभएको थियो ।

साथै प्रत्यक्ष ५ लाख र अप्रत्यक्ष १० लाख जनशक्तिलाई रोजगारी सिर्जना गर्ने पनि बताउनुभएको थियो। यस्ता योजनाहरुलाई सरकारले दस्ताबेजमा मात्रै नभएर व्यवहारमा पनि लागु गर्न तत्परता देखाउन आवश्यक छ । कुनै एउटा राजनीतिक दलको सभामा कुनै दलको एउटा नेताले देशलाई आईटी हबको रुपमा विकास गर्नुपर्छ भन्दैमा देशले आफैँ आईटी क्षेत्रमा फड्को मार्ने पनि होइन् ।

त्यसका लागि राज्य कति गम्भिर छ ? राज्य सञ्चालकहरुले कुन तवरबाट योजनाहरु बनाइरहेका छन् ? र त्यसको कार्यान्वयनको पाटो कस्तो छ ? यस बिषयमा पनि अब सचेत हुन् जरुरी छ ।

लेखक आइटी ईन्जिनियर तथा कम्प्युटर व्यवसायी हुन ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते