८ जेष्ठ २०८२, बुधबार । May 22, 2025

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल



काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम हुने भएको छ ।

नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो । फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा सम्बोधन गर्नेछन् ।

यस्तै, डीबीएस बैंकका चिफ इनोभेशन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजीटल अफिसर दिपक शर्मा, दि डिजीटल फिप्थका सीईओ समीर सिंह जैनि र ल्यारा नेटवर्कका सीईओ राजेश देखाईं लगायत बैंकिङ र फिनटेक सम्बन्धी अन्तरराष्ट्रिय स्तरका विज्ञहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरि नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै, नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता हुने बताइएको छ ।

यो कार्यक्रम नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्वपूर्ण कोसेढंगा सावित हुने बताइएको छ । साथै, डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पु¥याउने अपेक्षा गरिएको काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाले जानकारी दिए । यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको छ ।

कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा छन् । यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी