३० बैशाख २०८२, मंगलबार । May 13, 2025

डेंगु संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो



काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७।४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल