१३ बैशाख २०८३, आइतबार । April 26, 2026

बाँकेमा भेटिए जापानिज इन्सेफ्लाइटिसका बिरामी


२५ भाद्र २०८१, मंगलबार  

426
Shares

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला परेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर–१ मतहनियाका ९ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए। एक सातासम्म ‘आईसीयू’मा ती बालिकाको उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य रहेको अस्पताल​की बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकरी दिइन्।

जापानिज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने ​बताइन्छ। ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे थाहा हुन नसकेको शाहीले बताए। चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन्।

ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ। यो भाइरसले मुख्यतया मस्तिष्कमा असर पार्छ। जापानिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले बताए। यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ।

डा.खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin