८ आश्विन २०८३, बिहिबार । September 24, 2026

८ दशमलव ३ प्रतिशतले बढे विदेशी पर्यटक


१७ भदौ २०८१, सोमबार  

15
Shares

काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८ दशमलव ३ प्रतिशतले बढेको छ।

नेपाल पर्यटक बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५ सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्। सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ पर्यटक नेपाल आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७ सय १९ जना नेपाल भित्रिएका छन्।

अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८ सय ३२, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलङ्काबाट चार हजार ८ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार ३ सय ४, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार ७ सय ४९ विदेशी पर्यटक नेपाल आएका थिए।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  १२ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको