२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते



हुम्ला । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य छ ।

दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको