२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

कक्षाबाटै लैङ्गिक समानता, पोसाक देखि सम्बोधन सम्ममा एकरुपता


७ श्रावण २०८१, सोमबार  

12
Shares

आजको समयमा महिला र पुरुष सबैनै कामकाजी छन् । तर आज पनि बाबुआमा कार्यालयबाट घर फर्केपछि अपवाद बाहेक सबैजसो घरमा बाबु सोफा वा बिस्तारामा आरामसँग ल्यापटप अथवा मोवाईल चलाईरहेको र आमा कार्यालयको थकान झोलासँगै बिसाएर भान्सा छिरेको दृश्य देखिन्छ ।

हामी परिवर्तनको कुरा गर्छौँ तर बालबालिकाले यहि देखेर हुर्किदा त्यो समानता कसरी सम्भव छ जसले लिंगका आधारमा हुने भेदभावको अन्त्य गर्छ ?

यो सामाजिक कुरा हो । समाजमा रहेका सबैको उत्तिकै तदारुकताको आवश्यकता छ समानता नामक उपलब्धि हासिल गर्नलाई । तर, यदि यो समाजबाट सम्भव भैरहेको छैन भने को उत्तरदायी हुने ? “शिक्षामा सरकार”

भारतको केरेला एउटा उत्कृष्ट उदाहरण
शिक्षा क्षेत्रमा, शैक्षिक संस्थामा ल्याईएको सानो परिवर्तनले बालबालिकामा कस्तो छाप छोड्छ र उनिहरुको मानसिकतालाई कसरी आकार दिन्छ भन्ने कुराको उदाहरण । भरतको केरेलामा नयाँ शैक्षिक सत्र सुरु भयो । विद्यार्थीहरु अन्य वर्षकै जस्तो सामान्य उत्साह बोकेर विद्यालय पुगेका थिए ।

तर उनिहरुलाई विद्यालय र पाठ्यक्रममा भएका आश्चर्यजनक परिवर्तनले कुरिरहेको थियो । विद्यार्थीकोे हातमा परेको पुस्तक उनिहरुले पहिले देखेपढेको भन्दा बिलकुलै फरक थियो । उनिहरुले अब पढ्ने पुस्तक लैंगिक समानता झल्किने चित्र र निर्देशनहरुले भरिएको थियो । ति मध्येबाट अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा व्यापक रुपमा आएको चित्र हो यो । अब यसले परिवर्तन चाहिँ के हुन्छ जस्तो लागेको होला ।

नेपालका सामुदायीक विद्यालयहरुको अवस्था र छवीका कारण सकारात्मक उदाहरण विरलै निकाल्न सकिन्छ । तर यदि आफ्नो बच्चालाई नीजि विद्यालयमा भर्ना गर्नुभएको छ भने केहि गनेचुनेका नीजि विद्यालयले घरमै सिकाइनुपर्ने तर नसिकाईएका आफ्नो मोजा र रुमाल आफै धुने, घर वरीपरी हरियो बनाउनलाई बोट विरुवा रोप्ने, कपडा पट्याउने जस्ता सिपहरु समेत सिकाउने गरेको पाईन्छ ।

अब बच्चाले के गर्छ ? त्यही नयाँ सिकाईलाई प्रयोगमा ल्याउँछ र बाबुआमालाई पनि सिकाउँछ । यस्तै गरि केरेलाका विद्यालयको पाठ्यक्रमबाट लिएको सिखले एक त बालबालिकाले एक अर्कालाई सम्मान गर्न सिक्छन् अर्को तिर घरायसी काम भनेको सामान्य सिप हो जुन सबैले जान्न पर्छ र घर बाहिरको काम कमाउने कुरामा पनि मान्छेको मिहिनेत र सिप कारक हो उसको लिंग होईन भन्ने कुरामा सानै उमेरबाट सुसुचित हुन्छन् ।

केरेलाका विद्यालयमा भएको लैंगिक समानतामैत्री परिवर्तन यो पहिलो भने होइन । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार २०१८ मा केरेलाको अरनकुलम जिल्लामा पर्ने वलायनचिरङ्गारा गाउँको एक विद्यालयमा जेन्डर न्युट्रल युनिफर्मको नियम लागु गरेको थियो । तत्पश्चात् हालसम्म केरेलामा रहेका ४ हजार ५ सय ४ सामुदायीक विद्यालयमध्ये १२ भन्दा बढी विद्यालयमा सबै लैंगिक परिचय भएका विद्यार्थीका लागि एकै किसिमको विद्यालय पोसाक अनिवार्य गरिएको छ ।

भारतको शिक्षामन्त्रालय र अन्य निकायको पहल
भारतीय शिक्षा मन्त्रालयको सरकारी स्वायत्त निकाय राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले २०२३ मा एउटा दस्तावेज पेस गरेको थियो । उक्त दस्तावेजले विद्यालयहरूलाई लिङ्गमा आधारित भेदभाव रोक्न ट्रान्सजेन्डर समावेशी पाठ्यक्रम, सुरक्षित शौचालय, र लैंगिक समानतामैत्री पोसाक लागू गर्न निर्देश गरेको छ । केरेला बाल अधिकार आयोगले अघिल्लो वर्ष शिक्षकहरुलाई बोलाउन सर र मीस नभई टिचर भनेर सम्बोधन गर्नुपर्ने निर्णय गरेको थियो ।

यो संगै विभिन्न निजि विद्यालयहरुलेपनि ‘लेडिज एण्ड जेन्टलमेन’ जस्ता शब्दलाई प्रतिस्थापन गर्न ‘हेलो एभ्रिवान’, ‘प्यारा अतिथी’ जस्ता शब्दको प्रयोग अनिवार्य गरेका छन् ।

यी परिवर्तन माथिको प्रतिक्रिया
पोसाक परिवर्तन भन्ने वित्तिकै विद्यार्थीको सहजता र अविभावकको आपत्तिकाबारे प्रश्न आउला । यसमा ९० प्रतिशत विद्यार्थी र तिनका अविभावकको सहमती रहेको जनाईएको छ । विद्यालयहरुको यो पहलको नतिजामा सबै लैंगिक परिचय बोकेका बालबालीकाले समाजमा आफ्नो अस्तित्व र समावेशीताको महसुस गर्ने मतहरु आएका छन् । विद्यालय पोसाक राख्दै गर्दा लिंगका आधारमा नभई सहजतालाई ध्यानमा राखिनुपर्ने र यो कदमले फरक अस्तित्व बोकेका बालबलिकाहरुपनि सम्मान र सहजताका साथ पढ्न र बाँच्न सक्ने लैंगिक समानताका लागि काम गर्नेहरु बताउँछन् ।

एलजीबीटीआईक्यूप्लस समुदायको हक अधिकारका क्षेत्रमा काम गर्ने अभियन्ताहरुले पनि विद्यालयमा यस्ता विद्यार्थीले लगाउने पोसाकमा दुविधा र शौचालय प्रयोगमा आउने समस्या, रोकटोक र उत्पीडनमा पनि कमी आउने भन्दै सरकारको यो कदमको सराहना गरिरहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट