२३ बैशाख २०८३, बुधबार । May 7, 2026

ओझेलमा छाङ्गा बाराही झरना


४ श्रावण २०८१, शुक्रबार  

30
Shares

दमौली । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ ।

अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् । सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि करिब ३० मिनेटमा यहाँ पुगिन्छ । कही उकालो र कही समथल बाटोको यात्रा गरेपछि यहाँ पुग्दा जो कोही मोहित हुन्छन् र थकान मेटिएको आभाष हुन्छ ।

यहाँ गाउँपालिका वडा नं १४ कुलुङ गाउँबाट आउने पानीले झरनाको रूप लिएको छ । पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने यो ठाउँ प्रचारप्रसारको कमीले ओझेलमा परेको झरनामा घुम्न पुगेका व्यास नगरपालिका–२ बागबजार निवासी सुदीप गफ्फारले बताए । दमौलीको उखरमौलो गर्मीका बेला यहाँको शीतलताले आनन्दित बनाएको उनको भनाइ छ । “झरनाको पानी एकदम चिसो, गर्मीका बेला त साह्रै आनन्द आउने ।

हरियाली वातावरणले झनै आकर्षित गर्ने ठाउँ रहेछ”, उनले भने। यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्नसके धेरै लाभ लिन सकिने भन्दै गफ्फारले थपे, “छाब्दी बाराही मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस ठाउँसम्म आउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भएमा यो राम्रो पर्यटकीय क्षेत्र बन्नसक्छ ।” व्यास नगरपालिका–१ का सुनिल श्रेष्ठले चिसो पानी, मनमोहक वातावरणले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने उल्लेख गरे ।

प्रचारप्रसारका कारण यस झरनामा सोचेजति चहलपहल नभएकाले स्थानीय तहले यसतर्फ ध्यानदिनुपर्ने उनको भनाइ छ । व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ यस ठाउँको पर्यटन प्रवद्र्धनका लागि केही वर्ष पहिला झरनामा ‘क्यानोनिङ’ (चट्टानमा डोरीको सहाराले हाम्फाल्ने) शुभारम्भ गरिए पनि त्यसले सार्थकता नपाएको बताए । उनले भने, “छाब्दी बाराही मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट हजारौँ भक्तजन आउँछन् । यहाँ आउने भक्तजनलाई झरनासम्म पुर्याउन सकिरहेका छैनौ । छाब्दीमा आउनेलाई झरनासम्म पुग्ने वातावरण बनाउन पाए पर्यटन प्रवर्द्धनमा टेवा पुग्थयो तर हाम्रो प्रयासले मात्र सम्भव भएको छैन ।” झरनासम्म पुग्ने बाटोमा करिब एक सय मिटर ढलान गरिएको छ ।

वडाको सीमित बजेटले मात्रै यहाँ पूर्वाधार निर्माण गर्न कठिनाइ भएको श्रेष्ठको भनाइ छ । उनले भने, “वडाको सानो बजेटबाट धेरै काम गर्न सकिएको छैन । पूर्वाधार निर्माण गर्नका लागि स्रोत छैन । अब पालिका र अन्य सरोकार भएकाहरूले पनि यसमा सहयोग गर्नुपर्छ, अनि मात्रै आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका काममा सहज हुन्थ्यो ।”

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको