१ आश्विन २०८३, बिहिबार । September 17, 2026

बाढी र पहिरोका कारण मुस्ताङका सबै नाका बन्द


२४ असार २०८१, सोमबार  

42
Shares

काठमाडौं । पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् ।

बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ  ।

धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै कष्टकर र जोखिम भएकाले यो समय अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालयले आग्रह गरेको छ । वर्षा बढेसँगै असार १५ देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएपछि समस्या भएको छ । यातायात बन्द हुँदा जटिल खालका विरामीको उपचारका लागि लैजान समेत समस्या हुन सक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोम–बेनी सडकको मार्फा खोलामा बाढी आउँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ