२२ माघ २०८२, बुधबार । February 4, 2026

खुट्टाले लेखेर एसइई उत्तीर्ण गरेका उमेशको सफलताको कथा



बाँके । “अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । उनले भने, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।” पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन् । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए । पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् । खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् ।

खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेकी थिइन् । “सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ”, उनले भनिन्, “छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।” छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ ।

खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन् । उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए । उनका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो ।

प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताए । “उहाँको शारीरिक अपागङ्तालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ”, उनले भने, “हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।” घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्याउनु पथ्र्यो ।

उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिन्छन् । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाले। हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ । सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत छन् । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफनै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाअध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त विद्यालयबाट एक सय सातजना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल