१६ पुस २०८२, बुधबार । January 1, 2026

ओझेलमा परेको शीतल गुफा



कास्की । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको एतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत गुफा एतिहासिक रुपमा महत्व राखे पनि प्रचारप्रसारको अवभामा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । एतिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीद्वारा बुधबार गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् ।

बैज्ञ नामका ऋषिमुनी बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाई रहेको उक्त शीतल गुफा अवलोकनका गर्न दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेपनि प्रचारप्रसारको अभावमा प्रयाप्त मात्रामा पयर्टक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताए । समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलो मिटरको दुरीमा रहेको र यातायातको साधनबाट सजिलै गुफा पुग्न सकिन्छ ।

गुफामा बालाचतुरर्दशी, शिवरात्रि, र श्रावण महिनामा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिए । परापूर्वकालमा ऋषिमुनीहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनी उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैज्ञविधिबाट आर्युवेदिक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिए । गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् । विसं २०३७ देखि ओढारलाई गुफाको रुप दिई प्रचारप्रसार गर्दै आइएको छ ।

उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराएका थिए । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त शीतल गुफालाई व्यवस्थित धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले व्यक्त गरे ।

गुफा क्षेत्रको भौतिक विकास तथा संरक्षणका लागि पछिल्लो पाँच वर्षमा सरकारी तथा निजी क्षेत्रबाट रु दुई करोड खर्च भइसकेको जानकारी अध्यक्ष केसीले दिए । अन्नपूर्ण गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर मानिँदै आएको उक्त गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गर्न आफूले यसै आर्थिक वर्षमा बजेट छुट्याउने जानकारी अध्यक्ष केसीले दिए । गुफाको अध्ययन अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका यातायातका साधनलाई व्यवस्थित पार्किङस्थल, ढुङ्गाका चट्टानमा सिसाको पुल, पर्यटकका लागि प्रतीक्षालय, गुफामा जानका लागि व्यवस्थित ढुंगाका सिँढी र गुफाभित्रको भागलाई संरक्षण गर्ने काम गर्ने प्रतिबद्धता केसीले व्यक्त गरे ।

शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पोखरेलले गुफाको चौतफी विकास गर्न गुफा परिसर्मा १०८ पिपल वृक्षको वृक्षरोपण, एक सय आठ शालिग्राम व्यस्थापन, हिमालय कैलाश पर्वतकोस्वरुप निर्माण, गुरुकुल शिक्षालयको स्थापना, ज्येष्ठ नागरिक केन्द्र, वृद्धाश्रम निर्माण, पिङ, उद्यन, बाटिका निर्माण, साहसी खेल रक क्लाईमिङ खेलको लागि गन्तव्य निर्माण, अन्नपूर्ण पौवा निर्माण, सङ्ग्रहालय स्थापनाका साथै गाउँमा होमस्टे विकास गर्ने रहेको जानकारी दिए ।

गण्डकी प्रदेशको पर्यटकीय धार्मिकस्थल मुक्तिनाथ मन्दिर, म्याग्दीको घोडेपानी, कास्कीको घान्द्रुक र वीरेठाँटी, र पर्वतको पर्यटकीय गाउँ चित्रे जाने बाटोको उद्गमस्थलमा अवस्थित शीतल गुफालाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्न जरुरी रहेको भनाइ अध्यक्ष पोखरेलको छ । एक सय आठ धारा, गणेश मन्दिर, शिव मन्दिर अन्य मठमन्दिरको दर्शन गर्दै गुफा प्रवेश गर्न सकिन्छ ।

दुई तले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, बाद्यबाधन, गौमाता , बूढानीलकण्ठको शयन दृष्य, रामलक्ष्मण वनबास दृष्य, बिध्नहर्ता गणेश भगवानस्वरुप, चमेराको बसस्थान गुफाभित्र देख्न सकिन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  २ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई