८ बैशाख २०८३, मंगलबार । April 21, 2026

निःशुल्क आँखा शिविर सँगै जानकारी मूलक कार्यक्रम सम्पन्न


२१ श्रावण २०८०, आइतबार  

9
Shares

बुटवल । दारी ग्याङ रूपन्देहीद्वारा रूपन्देहीमा नि:शुल्क आँखा शिविर सँगै आँखा पाक्ने रोग सम्बन्धी जानकारी मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

रूपन्देहीको कञ्चन गाउपालिका वडा नं ३ को सहकार्य र रिद्धी सिद्धि अप्टिकल एण्ड आई केयरको प्राविधिक सहयोगमा कञ्चन ३ को वडा कार्यालय स्थित स्वास्थ्य चौकीमा शनिबार शिविर सम्पन्न भएको हो । कञ्चन गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टीकाराम सापकोटा (मधु) को प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । नि:शुल्क आँखा जाँच शिविरबाट झन्डै २३० जना बढीले सेवा लिएको रिद्धी सिद्धि अप्टिकल एण्ड आई केयरको प्राविधिक हेमन्त कुमार यादवले बताए ।

कार्यक्रममा वडाध्यक्ष सापकोटाले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम त्यसमाथि पनि आँखा जस्तो संवेदनशील कुराको निशुल्क आँखा जाँच शिविर आयोजना गरेकोमा दारी ग्याङ रूपन्देहीलाई धन्यवाद ज्ञापन गर्दै अझै सामाजिक कार्यमा युवाहरूलाई सक्रिय रहन शुभकामना समेत दिएका थिए । बढ्दो आँखा पाक्ने रोगबाट आफू पनि बचौँ र अरुलाई पनी बचाऊ भन्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको दारी ग्याङ रूपन्देही अध्यक्ष भरत पौडेलले जानकारी दिए । नि:शुल्क आँखा जाँच शिविरको लागि प्राविधिकहरू हेमन्त कुमार यादव र शतिस मिश्रले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित