२२ माघ २०८२, बुधबार । February 4, 2026

बस दुर्घटना अपडेटः एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर



काठमाडौं । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् । पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताए ।

उनले भने, “घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन् ।” ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो ।

सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल