२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर शोक बिदा दिएको छ ।

प्रदेशको आकस्मिक मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटनामा मन्त्री सिंह सहित उनको श्रीमती र भाउजूको पनि ज्यान गएको थियो ।

मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको