१० बैशाख २०८३, बिहिबार । April 23, 2026

जेठ १५ देखि लुम्बिनी केवलकार सञ्चालनमा आउने



बुटवल । व्यावसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म २ दशमलव ६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ।

यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै रोकिएको थियो। लुम्बिनी केवलकार प्रा।लिका प्राजेक्ट म्यानेजर गोकुल साउदले अहिले परिक्षण रूपमा केवलकार सञ्चालन भएको र १५ गते औपचारिक रूपमा शुभारम्भ गर्ने गरी तयारी थालिएको जानकारी दिए। अहिले १५ वटा गोण्डाला राखेर परीक्षण भइरहेको छ। बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए।

केवलकारको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेगरी तयारी थालिएको छ। ‘१५ गते प्रधानमन्त्रीको हातबाट केवलकार शुभारम्भ गर्ने गरी तयारी थालेका छौं,’ साउदले भने, ‘कुनै विशेष अवस्थामा बाहेक १५ गते केवलकारको उद्घाटन हुनेछ।’ केबलकारको बुटवल उपमहानगरपालिका ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ।

कम्पनीले साढे ३ अर्बको लागतमा केबलकार निर्माण गरेको हो। म्यानेजर साउदले बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी नयाँ धार्मिक गन्तव्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यान निर्माणको काम अहिले भइरहेको बताए। मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिनेछ। अहिले १५ वटा गोन्डालाबाट परीक्षण भइरहे पनि ९ वटा थपेर २४ वटा गोन्डाला राखिने साउदले बताए।

१० मिनेटको यात्रामै तराईदेखि पहाडसम्मको मौसमको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केवलकार सञ्चालनपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ। सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको २ दशमलव ६ किलोमिटर बीचमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म