५ असार २०८३, शुक्रबार । June 19, 2026

सोमवार गुल्मीमा मह दिवस मनाइँदै


४ बैशाख २०८०, सोमबार  

6
Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए । मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत सङ्गठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो ।

दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो । तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ । पहिलो वर्षमा रु ३२ लाख र दोस्रो वर्षमा रु ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताए ।

“मौरीको व्यवसायीकरण, प्रवद्र्र्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो” उनले भने, “मह दिवसले मौरी पालन गर्न थप आकर्षित गर्नेछ ।”

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा