२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

झारफुक गर्ने बहानामा ‘माता’ले कुटेर बलिकाको हत्या, १७ जनालाई पक्राउ



रुपन्देही । झारफुकबाट बालिकालाई उपचार गर्ने नाममा अमानवीय क्रुरता देखाएको भन्दै प्रहरीले रुपन्देहीको सैनामैनामा १७ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञावलीको मृत्यु भएको थियो । गत २० फागुनको राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई ‘बोक्सी बकाउने’ भन्दै लछारपछार पारी कुटपिट गरेको र सोहीक्रममा उनको मृत्यु भएको थियो ।

कथित माताले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सो क्रुर घट्नाले सबैलाई सोच्न बाध्य बनाएको छ । समाजमा रहेका अन्य त्यस्ता कथित माता र झाँक्रीलाई कारबाही गर्न मागसमेत बढेको छ । अझै पनि त्यस्ता घटना घट्न सक्ने भन्दै त्यस्ता झाक्री र कथित मातालाई त्यस्तो कार्य गर्न रोक लगाउनुपर्ने माग सर्बत्र बढेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सूक्ष्म अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको