३ आश्विन २०८३, शनिबार । September 19, 2026

झारफुक गर्ने बहानामा ‘माता’ले कुटेर बलिकाको हत्या, १७ जनालाई पक्राउ


२८ फाल्गुन २०७९, आइतबार  

30
Shares

रुपन्देही । झारफुकबाट बालिकालाई उपचार गर्ने नाममा अमानवीय क्रुरता देखाएको भन्दै प्रहरीले रुपन्देहीको सैनामैनामा १७ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञावलीको मृत्यु भएको थियो । गत २० फागुनको राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई ‘बोक्सी बकाउने’ भन्दै लछारपछार पारी कुटपिट गरेको र सोहीक्रममा उनको मृत्यु भएको थियो ।

कथित माताले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सो क्रुर घट्नाले सबैलाई सोच्न बाध्य बनाएको छ । समाजमा रहेका अन्य त्यस्ता कथित माता र झाँक्रीलाई कारबाही गर्न मागसमेत बढेको छ । अझै पनि त्यस्ता घटना घट्न सक्ने भन्दै त्यस्ता झाक्री र कथित मातालाई त्यस्तो कार्य गर्न रोक लगाउनुपर्ने माग सर्बत्र बढेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सूक्ष्म अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली