११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

सडक दुर्घटनामा पत्रकार हितङ्गाको मृत्यु



बुटवल । बुटवलको मिलनचोकमा शनिबार राति भएको दुर्घटनामा पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।

गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु ८ प ९०६८ नंको मोटरसाइकल र अस्पताल लाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुप प्र ०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल

च्याम्पियन्स ट्रफिः आज भारत र पकिस्तान भिड्दै

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज भारत र