१ आश्विन २०८३, बिहिबार । September 17, 2026

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ


३ फाल्गुन २०७९, बुधबार  

12
Shares

मोरङ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मादक पदार्थ सेवन गरी कुटपिटमा उत्रिएको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो । होटलमा मादक पदार्थ सेवन गरी बेलबारी-४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाइदिएको बताइएको छ । सो कुटपिटबाट घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।

उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई आज नै छाड्ने तयारी गरिएको छ । खतिवडाले आफ्नै युट्युबबाट टेलिसिरियल चलाउँछन् भने उनले केही फिल्ममा पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ