५ असार २०८३, शुक्रबार । June 19, 2026

तलब नपाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर आन्दोलित


२९ माघ २०७९, आइतबार  

204
Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयसम्म तलब नपाएको भन्दै करार डाक्टरहरु आन्दोलित भएका छन ।

छात्रबृत्तिमा चिकित्सिाशास्त्र अध्ययन गरेर २ वर्षसम्म सरकारी अस्पतालमा काम गर्नुपर्ने प्रवधान अनुसार प्रादेशिक अस्पतालमा करारमा कार्यरत ३० जना डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । काम गरेको ३ महिना वितिसक्दा पनि तलब नपाएको भन्दै उनिहरू काम नै रोकेर आन्दोलित भएका हुन । समयमा नै तलब नपाउँदा गुजारा चलाउन समस्या परेपछि प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत तलब पाउन नसकेको उनिहरुको गुनासो छ ।

तलब उपलब्ध गराउनको लागि ज्ञापनपत्र समेत बुझाँएको र कुनै सुनुवाई नभएपछि आफुहरु आन्दोलित हुन बाध्य भएको डाक्टर अर्जुन बुढाथोकीले बताए । उनिहरू बिहिबार अस्पतालको प्रशासन अगाडी उभिएर विरोध जनाएका थिए । सरकारी छात्तबृत्तिमा अध्ययन गरे बापत सरकारी अस्पतालमा काम गर्नुपर्ने नियम अनुसार करारमा काम गर्ने डाक्टरहरुको तलब संघीय सरकारबाट आउने गरेको र अहिले तलब आउन ढिलाई भएको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलका मेसु डाक्टर ईन्द्र ढकालले जानकारी दिए ।

यो समस्या लुम्बिनी प्रादेशीक अस्पताल बुटवलको मात्र नभएर देशभरको समस्या भएको भन्दै उनले निर्वाचनसँगै सरकार परिवर्तनले गर्दा तलब आउन ढिला भएको हुन सक्ने प्रतिक्रिया दिए । तलब प्राप्त गर्ने प्रक्रिया अनुसार अर्थ मन्त्रालयबाट पास भएर स्वास्थ्य मन्त्रालयमा गएको भन्ने थाहा पाएको बताउँदै ढकालले अबको १० दिन भित्र करार डाक्टरहरुले तलब प्राप्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा