६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण



बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ ।

गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रू दुई लाख बाट पदमार्ग निर्माण थालिएको र करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरिने बताईएको छ । गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्ग निर्माणपछि पदयात्रा सहज हुने अपेक्षा रखिएको छ ।

जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर करिब १२ सय मिटरको दूरीमा पर्दछ । वसन्तापखोर उच्च पहाडमा पर्ने हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्नुका साथै बागलुङलगायतका धेरै ठाउँ यहाँबाट देख्न सकिन्छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश