१० बैशाख २०८३, बिहिबार । April 24, 2026

जहाज दुर्घटनामा मृत्यु हुनेकाे सम्झनामा स्वस्ति शान्ति


१५ माघ २०७९, आइतबार  

6
Shares

पोखरा । पोखराको विन्ध्यावासिनी मन्दिरमा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति तथा दीप प्रज्वलन गरिएको छ ।

माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ गर्ने तयारी गरिरहेको यती एयरलाइन्सको जहाज सेती खोंचमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मानवीय क्षति भएको थियो । दुर्घटनामा ज्यान जाने सबैको चीर शान्तिको कामना गर्दै विन्ध्यावासिनी धार्मिक विकास समितिले बिहान स्वस्ति शान्ति र बेलुका दीप प्रज्वलन गरेको हो ।

‘पोखरामा भएको जहाज दुर्घटनाले देशलाई शोक डुबायो । कति विदेशी पाहुना परे । कति चाडवाड मान्न र परिवारलाई भेट्न आएकाहरु परे । यो देशका विभिन्न क्षेत्रमा अब्बल मानिएका व्यक्तिहरु पनि परे,’ समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘पोखरामा भएको यो दुर्घटनामा ज्यान जानेको नामसहित श्रद्धा अर्पण गर्दै चीर शान्तिको कामनामा स्वस्ति शान्ति र दीप प्रज्वलन गरेका हौं ।’ पोखराका मेयर धनराज आचार्य, वडा नम्बर २ का अध्यक्ष दीपसमान प्रधानांग र समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायत सर्वसाधारण र दुर्घटनामा ज्यान गुमाउनेका शुभचिन्तकहरुको समेत सहभागी थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म