२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते



धनकुटा । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् ।

ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत छ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारउन्मुख रहेको उनले बताए । घाइते हुनेमा धनकुटा नगरपालिका–५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी छ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन् । यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दिप शाह, नाम नखुलेको करिब तीन/चार वर्षका एक बालक रहेका छन् ।

सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् । आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रुपमा महोत्सवको स्थगन गरिने जानकारी दिए । गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ । यही माघ ६ गतेदेखि जारीे प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको