५ असार २०८३, शुक्रबार । June 19, 2026

माथिल्लो कर्णालीमा हिमपात, किसानलाई राहत


१० माघ २०७९, मंगलबार  

6
Shares

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ ।

यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक मंगलबार बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताए । दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णालीलगायत पश्चिम नेपालभर वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ । यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ ।

यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । जनजीवन कष्टकर भएपनि हिमपातका कारण हिउँदे बालीलाई भने राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ । स्याउका नयाँ बिरुवा लगाउने समयमा हिउँ परेकोले किसानलाई फाइदा भएको कार्यालयको भनाइ छ ।

हिउँ पोखरी बनाएका किसानलाई हिउँ सङ्कलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिञ्जा गाउँपालिका कृषि शाखाका प्रविधिक दलवीर वडले बताए । हिमपातपछि जुम्लालगायत कर्णालीको हवाई विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि मंगलबार बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातकासाधन चल्न सकेका छैनन् । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र विद्युत् सेवा समय समयमा अवरोध भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा