८ चैत्र २०८२, आइतबार । March 22, 2026

समयमा उद्धार नहुन गर्भवती महिलाको मृत्यु


१० माघ २०७९, मंगलबार  

6
Shares

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेखकी २६ वर्षीया गर्भवती महिलाको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

२६ वर्षीया विकको भारत लैजाँदै गर्दा सोमबार राति मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार दुई दिन पहिले थप उपचारका लागि भारत लैजान रिफर गरिएको भएपनि ढिलो गरी लैजाँदा विकको बाटोमा मृत्यु भएको हो । आगामी चैतमा सुत्केरी हुने उनी त्यस अगावै बिरामी भएपछि उपचारका लागि भारत लैजाँदै गर्दा स्वास्थ्यमा थप समस्या आएपछि अछामको बयालपाटा अस्पताल लगिँदै थियो ।

बसमा महेन्द्रनगर हुँदै भारत लैजाने क्रममा अछामको चौखुट्टेमा विकको स्वास्थ्य थप बिग्रिएको थियो । त्यसपछि बयालपाटा अस्पताल लगिएकी उनको अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको अस्पतालकी अहेब भवानी ढुंगानाले जानकारी दिइन् । समयमा उद्धार हुन नसक्दा गर्भवती महिलाको ज्यान गएको बयालपाटा अस्पतालका चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो