३० माघ २०८१, बुधबार । February 12, 2025

काँगेलडाँडा विमानस्थल प्रयोगहीन



सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ ।

नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ ।

करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन् । प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ । विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा