१६ बैशाख २०८२, मंगलबार । April 29, 2025

ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ इलेक्ट्रिक भेहिकलले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने भएको छ ।

केन्द्रको सहयोगमा उक्त स्कुटरमा नेपालमै निर्माण भएका पार्टपूर्जा प्रयोग गर्ने र नेपालमा नपाइने पार्टपुर्जा बाहिरबाट ल्याउने कम्पनीको भनाइ छ । अहिलेलाई नेपालमै बनेको कन्ट्रोलर, ब्याट्री बीएमएस, इन्डिकेटर, वाइरिङ राख्ने गरी आविष्कार केन्द्रबाट सहयोग लिने ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ ।

साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ । करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ । १० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ ।

उक्त एसेम्बलबाट पहिलो चरणमा दुई पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने कम्पनीको योजना छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा