१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने


८ माघ २०७९, आइतबार  

9
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ इलेक्ट्रिक भेहिकलले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने भएको छ ।

केन्द्रको सहयोगमा उक्त स्कुटरमा नेपालमै निर्माण भएका पार्टपूर्जा प्रयोग गर्ने र नेपालमा नपाइने पार्टपुर्जा बाहिरबाट ल्याउने कम्पनीको भनाइ छ । अहिलेलाई नेपालमै बनेको कन्ट्रोलर, ब्याट्री बीएमएस, इन्डिकेटर, वाइरिङ राख्ने गरी आविष्कार केन्द्रबाट सहयोग लिने ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ ।

साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ । करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ । १० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ ।

उक्त एसेम्बलबाट पहिलो चरणमा दुई पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने कम्पनीको योजना छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था