४ चैत्र २०८१, मंगलबार । March 18, 2025

लमहीको जैविक विविधता पार्कमा पर्यटकको लर्को



दाङ । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ ।

देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ ।

एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ । पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् ।

सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले जानकारी दिए । आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । भारतको लागि कोइलावास नाका मुख्य प्रवेशद्वार हो । जसलाई राप्तीको प्रवेशद्वारा मानिन्छ । यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । भारतमा विष्णु र शिव भगवान् मान्नेको ठूलो समुदाय छ ।

तिनलाई राप्तीको प्रवेशद्वार कोइलावास नाका हुँदै नेपालको विभिन्न धार्मिकस्थलमा ल्याउन सकिने र यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा हेर्न थालिएको स्थानीय किशोर गुप्ताले बताए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु

आजदेखि पोखरा–छेङदु पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा

अछामको बाटुलासेन केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अछाम केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

मध्यराती आरआर क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी, निर्वाचन अन्योलमा

काठमाडौं । स्ववियु निर्वाचनको दिन सत्तारुढ एमाले निटक विद्यार्थी संगठन