३ चैत्र २०८१, सोमबार । March 17, 2025

पाल्पामा ठूलो संख्यामा तोपका गोला भेटियो



पाल्पा । पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रमा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् ।

जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे/चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । अहिलेसम्म ३०० वटा गोला फेला परेको र उत्खन्नको क्रममा अझ धेरै भेटिनसक्ने श्रेष्ठको भनाइ छ ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । अहिले ती गोलाको सुरक्षित व्यवस्थापनको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति