८ बैशाख २०८३, मंगलबार । April 21, 2026

दाङको राजपुर र गढवा गाउँपालिकामा आधारभूत आवश्यक्ताकै चरम अभाव


२७ मंसिर २०७९, मंगलबार  

12
Shares

दाङ । भारतसँग सिमाना जोडिएको दाङको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्येको एक हो ।

सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । दाङको राजपुर र गढवा गाउँपालिकामा ३४ वटा नाका (सीमा क्षेत्रका बस्ती) रहेका छन् । यी सबै नाकामा खानेपानीको चरम अभाव छ । सफा पिउने पानीको अभाव हुँदा यहाँका स्थानीयवासी खोलाको दूषित पानी पिउन बाध्य भएको राजपुर–१ का सन्देश घर्तीमगरले बताए । खोलाकै पानी पिएर केही समय अगाडि नाका क्षेत्रमा झाडापखाला फैलिँदा एक बालिकाको ज्यान गएको घर्तीले बताए ।

यो क्षेत्रमा बसोबास गर्ने नेपालीले स्वच्छ पिउने पानी सहजरूपमा पाउन सकिरहेका छैनन् । आफूहरू खोलाको पानी पिउन बाध्य भएको राजपुर–६ की राधापुन मगरले गुनासो पोखिन् । पालिकाको वडा नम्बर १, ६ र ७ का बस्तीको आधा भूभाग भारतसँग सिमाना जोडिएको छ । यो क्षेत्रमा अझै पनि सहजरूपमा खानेपानी, विद्युत्, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पुग्न सकेको छैन ।

पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य र शिक्षामा केही परिवर्तन गरेको छ तर त्यतिले आवश्यकता अझै पूरा हुने देखिएको छैन । जसका कारण यहाँका स्थानीयवासी राज्यले दिने सेवा सुविधाबाट वञ्चित हुन पुगेका छन् । सञ्चारको सुविधा नहुँदा आधारभूत सीप सिकाइबाट वञ्चित हुनुपरेको वडा नं ७ स्थित शिवशक्ति माध्यमिक विद्यालय भौवाका प्रधानाध्यापक लीलाधर विश्वकर्माले बताए ।

उनका अनुसार अहिले विद्यालयले सानो सोलार पावरबाट इन्टरनेट प्रयोग गर्दै आइरहेको छ तर प्रभावकारी छैन । “पालिकाले प्रयोगशाला सञ्चालन गर्न भनेर सामग्री दिएको छ, विद्यालयमा प्रभावकारी इन्टरनेट नहुँदा हामीले प्रयोगशालाका सामग्री प्रयोग गर्नसमेत पाएका छैनौँ”, प्रधानाध्यापक विश्वकर्माले बताए । त्यस्तै बिरामी हुँदा उपचारका लागि भारत जानै पर्ने अर्को मुख्य समस्या भएको विश्वकर्माको भनाइ छ । “बच्चा जन्मियो, उसको जन्मदर्ता गराउन जानका लागि एक दिनभरि पैदल हिँडेर वडा कार्यालय पुग्नुपर्ने स्थिति छ”, उनले भने ।

सीमा क्षेत्रमा बस्ने नेपालीलाई थुप्रै समस्या रहँदै आएका छन् । हरेक आवश्यताका लागि भारतसँग झुक्नुपर्ने स्थिति रहेको उनीहरूको गुनासो छ । भारतीय सुरक्षाकर्मीले जे भन्छन् त्यो मान्नुपर्ने सीमा क्षेत्रमा बसेका नेपालीको अर्को बाध्यता हो । यदि उनीहरूले भनेको नेपालीले मानेनन् भने उनीहरू भोकै बस्नुपर्छ किनकि हरेक हप्ता भारतीय बजारमा लाग्ने मेलामा नुन, तेल, साबुन, सर्फ लिन नेपालीलाई त्यहाँ पुग्नुपर्छ । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले सीमा क्षेत्रको विकास गर्न ठूलो आकारको बजेट आवश्यक रहेको बताए ।

भौगोलिक भू–बनावट नै अतिविकट भएका कारण स–साना बजेटले सम्भव नभएको अध्यक्ष बुढाथोकीको भनाइ छ । “यस क्षेत्रको विकासका लागि गाउँपालिकाको बजेटले पुग्दैन, तर पनि हामीले प्रदेश र केन्द्रमा यहाँको समस्याका बारेमा अवगत गराउने र विकास गर्ने कुरामा नेतादेखि लिएर मन्त्रीसम्मलाई ध्यानाकर्षण गराउँदै आएकाछौँ”, उनले गुनासो गरे । उनका अनुसार अनुसार सीमाका सबै बस्तीलाई पालिकासँग जोड्नु मुख्य चुनौतीको रुपमा रहेको छ । यो काम गर्नका लागि मोटो रकमको आवश्यकता पर्छ ।

प्रदेश र केन्द्रले आवश्यकताअनुसार बजेट नपठाउँदा पालिकाले हरेक वर्ष जेसिबी लगाएर मात्र बाटो मर्मत गर्न बाध्य भएको अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित