१ चैत्र २०८१, शनिबार । March 15, 2025

कर्णालीमा डोजर खस्दा ३ को मृत्यु, ३ बेपत्ता



कालिकाेट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

२ को घटनास्थलमै र १ को उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै २ जनाको मान्म अस्पतालमा उपचार भइरहेको छ भने ३ जना भने अझै बेपत्ता छन् । मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएके जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै उपचारका कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको मृत्यु भएको छ । कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए । दुर्घटनामा घाइते भएका खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । प्रहरीका अनुसार डोजरमा ८ जना सवार थिए । उनिहरु सुरुङ्मा नुहाएर फर्कदैँ गर्दा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा