२१ भदौ २०८३, आइतबार । September 7, 2026

कर्णालीमा डोजर खस्दा ३ को मृत्यु, ३ बेपत्ता


२५ मंसिर २०७९, आइतबार  

6
Shares

कालिकाेट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

२ को घटनास्थलमै र १ को उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै २ जनाको मान्म अस्पतालमा उपचार भइरहेको छ भने ३ जना भने अझै बेपत्ता छन् । मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएके जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै उपचारका कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको मृत्यु भएको छ । कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए । दुर्घटनामा घाइते भएका खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । प्रहरीका अनुसार डोजरमा ८ जना सवार थिए । उनिहरु सुरुङ्मा नुहाएर फर्कदैँ गर्दा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार