५ असार २०८३, शुक्रबार । June 19, 2026

बडघरले गरेका निर्णयको कार्यान्वयन गर्न बडघर समुदायको माग


१७ मंसिर २०७९, शनिबार  

6
Shares

बर्दिया । स्थानिय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् ।

गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरु चिन्तित भएका हुन् । उनीहरुले स्थानीय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी नकायहरुले त्यसको पालना नगर्दा बडघर ऐन बनाएको अर्थ नभएको अनुभुति भएको बडघर समूदायका अगुवा बताउँछन् । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बडघर ऐन बनाएर कार्यन्वयनमा ल्याएर काम काज शुरू गरेको छ । स्थानिय सरकारले बडघर प्रथालाई मन्यता दिएपनि केन्द्र सरकारले मन्यता दिएको छैन ।

जसरकार सरकारी निकायहरुले नै स्थानीय तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बरघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनु हुन्छ । उनले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बडघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउनसके कामकाजमा सहज हुने बताए । बरघर प्रथालाई गाँउका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरेपनि केन्द्रदेखि कार्यन्वयन नभएको कारणले बडघरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताए ।

बडघर सञ्जल बिस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई दबाब दिने बताए । त्यस्तै बढैया ताल गाँउपालिका, बर्दियाका बडघर सञ्जालका संयोजक परशुराम थारुले बडघर प्रथालाई संरक्षण र संवद्र्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले सरकारले संविधानमै लागू गरे बडघरहरूलाई कुनैपनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताए ।

बडघर प्रथा गाँउघरमा नितान्त अवश्यक रहेकोसमेत संयोजक थारूको भनाइ थियो । त्यसैगरी बडघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारुले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लािग बडघर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरूरी रहेको बताए । उनले स्थानीय सरकारले बडघरको मान्यता दिएपनि अन्य सरकारी निकायहरुले भने बडघरले गरेका निर्णयको उपेक्षा गरेको बताए ।

थारू सामुदायमा बडघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाँउमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बडघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहयता लिने गर्दछन् । तर कतिपय मुद्दालाई बडघरले गरेको निर्णयलाई प्रशासनले मन्यता नदिँदा बडघर समुदाय चिन्तित छ । जसकारण स-सानो कुरामासमेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा