२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

ग्रेडरले कुल्चिँदा बालिकाको मृत्युः धनगढी तनावग्रस्त



धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् । अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा बिरोध गरिरहेका छन् ।

घटनास्थलमा आफन्त र स्थानीयहरुले बिरोध गर्दा सवारी आगामन ठप्प बनेको छ । घटना स्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ