२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान


१२ मंसिर २०७९, सोमबार  

6
Shares

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती सोमबार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वरहुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै सोमबार बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् ।

केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयवासीले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिका बनौलीका सञ्चारकर्मी ६५ वर्षीय वैद्यनाथ चौधरीले जानकारी दिए ।

यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । विज्ञान प्रविधिको विकाससँगै मान्छेको व्यस्तता बढेर, पुरानो पुस्ताको अनुशरण हुन छाडेर र मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्न थालेका जलेश्वर नगरपालिकाको सारीनिवासी रवीन्द्र ठाकुर बताए ।

पछिल्लो समयमा मेलाउत्सवका भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको सामाजिक अभियानकर्मीसमेत रहेका उनको भनाइ छ । गत वर्ष कोभिड–१९ महामारीको सन्त्रासले नेपाल–भारत सीमानाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि पनि यो महाव्याधि पूर्ण नियन्त्रण भइनसकेको र पछिल्लो कालमा नयाँ भेरयन्ट ‘ओमिक्रोन’ भारतका विभिन्न ठाउँमा देखिएपछि महोत्सवका लागि नेपाल आउने पातलिएका अड्कल गरिएको छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रूपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फूलबारी लीला, धनुष भङ्ग र स्वयम्वर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन्।

विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्ठान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ। यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो । विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् ।

समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरुका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायले बताए । प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रितिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по