७ बैशाख २०८३, सोमबार । April 20, 2026

एभरेष्ट मिडियाद्वारा आश्रमलाई सहयोग


१२ मंसिर २०७९, सोमबार  

21
Shares

कास्की । पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ तयार गरिदिने भएको हो । यसका लागि रु पाँच लाख ११ हजार एक सय ११ दिने प्रतिबद्धता व्यक्त गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । उक्त रकममध्ये पहिलो किस्तास्वरुप रु एक लाख एक एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गरे ।

आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानव राख्न पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा भवन निर्माण गरिरहेको छ । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा उसले मानवसेवा आश्रम पोखरालाई रु एक लाख आठ हजार आठ सय ४८ सहयोग गरेको थियो । एमका लगानीकर्ता दीपक कार्कीले पनि आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गरे । यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धिका लागि पोखरामा आउँदो पुस १२ गते चर्चित ब्याण्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागिएको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित