२२ माघ २०८२, बुधबार । February 4, 2026

भूकम्प पीडितलाई राहतको घोषणा



डोटी । भूकम्पका कारण निधन भएका ६ जनाको परिवारलाई रु ५० हजार दिने घोषणा गरिको छ ।

डोटी जिल्लाका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले गए राति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका ६ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् ।

डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले भने, “मृतकका परिवारलाई परेको शोकबाट म पनि मर्माहत भएकाले पीडित परिवारजनलाई राहत दिने घोषणा गरेको हुँ ।”

भूकम्पको धक्का आफ्नो क्षेत्रमा महसुस भए पनि मानवीय क्षति नभएको र कतिपय घरमा चिरा परेको उनले बताए । पूर्वीचौकी गाउँपालिकामा भूकम्पका कारण भत्किएका घरमा च्यापिएर पाँच जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सो क्षेत्रमा दर्जनजति घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

जिल्लाका धेरै परिवारको घरमा चिरा परेको छ । नेपाली सेना प्रहरी उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल