२१ माघ २०८१, सोमबार । February 3, 2025

धनगढी उपमहानगरले चलायो लक्ष्मी नारायण मन्दिरको संरचनामा डोजर



धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि डोजर चलाएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचनामा उपमहानगरपालिकाले डोजर चलाएको हो । शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो ।

उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई दायाँबायाँ १५–१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काएको हो । सेती प्रादेशिक अस्पतालका संरचनामा डोजर चलाएर हाटाउने अभियान थालेको उपमहानगरले क्रमशः निजी संरचना पनि भत्काइने जनाएको छ ।

गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते