४ असार २०८३, बिहिबार । June 18, 2026

कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन हुने


१९ कार्तिक २०७९, शनिबार  

6
Shares

स्याङ्जा । कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ ।

साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।

“अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्‍याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।” उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो ।

अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्‍याफटिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिए । उनका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ । र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन् ।

र्‍याफटिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा