२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

पाल्पा क्षेत्र नं-२

छैटौँ पटक उम्मेदवार बनेका पाण्डेलाई ठाकुरले देलान् टक्कर ?

पूर्वसहकर्मी नै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी नतिजा रोचक


१७ कार्तिक २०७९, बिहिबार  

15
Shares

पाल्पा । पाल्पा क्षेत्र नं-२ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार सोमप्रसाद पाण्डे र नेकपा (एमाले) का ठाकुर गैरेबीच प्रतिस्पर्धा रोचक बनेको छ ।

पूर्वसहकर्मी नै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी नतिजा रोचक हुने मतदाताहरू बताउँछन्। गठबन्धनका उम्मेदवार पाण्डे छैटौँ पटक चुनावी मैदानमा छन्, भने एमालेका उम्मेदवार गैरे पहिलनेपटक निर्वाचनमा होमिएका छन् । पाण्डे २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् ।

यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । ‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाण्डेले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।’ विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरेक ।

पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे् विजयी भएका थिए । उनी त्यतिवेला एमालेमै थिए । विसं २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए ।

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन् । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डे र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डे र गैरेकै बीच हुने देखिन्छ ।

सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् । क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по