२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

५ जनालाई ठक्कर दिएर फरार रहेका चलाकलाई गाडीसहित पक्राउ



रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ पननीमा स्थानीय ५ जनालाई ठक्कर दिएपछि फरार रहेका चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले सोमबार बिहान ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीले गाडीलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा फेला पारेको हो। चालक चौधरीलाई भने गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिइएको थियो।

भैरहवा–परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको गाडीले सोमबार बिहान छठ घाट जाँदै गरेका ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ३५ दिने शिशुसहित तीनजनाको मृत्यु भएको थियो । दुर्घटनामा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिने एक शिशुको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । उनीहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको