४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

सीमावर्ती क्षेत्रको सुरक्षामा थप कडाई गरिने


६ कार्तिक २०७९, आइतबार  

6
Shares

गोरखा । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको छ ।

शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँच कडाइ गर्ने निर्णय गरेको हो । सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, बहुमूल्य जडीबुटी, वन पैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु आदि अवैध वस्तुको चोरी निकासी तथा ओसारपसार जस्ता अपराधिक क्रियाकलाप रोक्न सीमावर्ती नाकामा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

अपराधिक क्रियाकलाप नियन्त्रणका लागि अन्तरजिल्ला सूचना आदानप्रदानसँगै आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुनसक्ने निर्वाचन विरोधी क्रियाकलाप र आचारसंहिता विपरीत कार्यहरु रोक्नका लागि आपसी समन्वय गर्दै अघि बढ्ने सहमति समेत भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित