२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

सीमावर्ती क्षेत्रको सुरक्षामा थप कडाई गरिने



गोरखा । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको छ ।

शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँच कडाइ गर्ने निर्णय गरेको हो । सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, बहुमूल्य जडीबुटी, वन पैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु आदि अवैध वस्तुको चोरी निकासी तथा ओसारपसार जस्ता अपराधिक क्रियाकलाप रोक्न सीमावर्ती नाकामा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

अपराधिक क्रियाकलाप नियन्त्रणका लागि अन्तरजिल्ला सूचना आदानप्रदानसँगै आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुनसक्ने निर्वाचन विरोधी क्रियाकलाप र आचारसंहिता विपरीत कार्यहरु रोक्नका लागि आपसी समन्वय गर्दै अघि बढ्ने सहमति समेत भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष