४ बैशाख २०८२, बिहिबार । April 17, 2025

बस दुर्घटना हुँदा २३ जना घाइते



पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना.७.ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ ।

बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको छ । बस चालकलाई भने प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जानाकारी दिएको छ । घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग