कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले बिहीवार स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका…